सुनचाँदीको मूल्य बढ्यो

विहीबार, ०१ फागुन २०७६, १२ : २९
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ७५ हजार ७०० रुपैयाँमा भएको छापावाल सुनको मूल्य तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा ७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा ८० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस