काठमाडौं । हिमालयन बैंकले आफ्ना शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । सो बैंकको आज यहाँ सम्पन्न २७औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) पारित गरेको हो ।
बोनस शेयरको वितरणपश्चात् बैंकको चुक्ता पूँजी रु नौ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२८ पुग्ने बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले जानकारी दिनुभयो । २७ वर्षदेखि वित्तीय सेवा दिँदै आएको बैंकले आव २०७५÷७६ मा रु एक खर्ब १३ अर्ब नौ करोड निक्षेप सङ्कलन र रु ९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २९ माघ २०७६, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमालयन बैंकको शाखा स्थानान्तरण
हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण
हिमालय बैंकद्वारा २१ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग
हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट
हिमालयन बैंकको "फन्ड ट्रान्सफरमा मोबाईल हातमा” अफर सार्वजनिक
हिमालयन बैंकले १० रुपैयाँ मूल्यको १० करोड इकाई म्युचुअल फण्ड बिक्री गर्ने