काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट आकार घटाएको छ । सरकारले चालू आर्थिक वर्षका लागि १५ अर्ब ३२ खर्बको बजेट ल्याएको थियो ।
तर सरकारले घोषणा गरेको बजेटमा अर्धबार्षिक समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएर १३ खर्ब ८५ अर्बमा झारेको हो ।
अर्थ मन्त्रालयमा बुधबार आयोजित अर्धबार्षिक समीक्षाका क्रममा अर्थमन्त्री युवराज खतिवडाले बजेटको आकार १० प्रतिशतले घटाएको जानकारी दिए । खर्च तथा राजश्व लक्ष्य भेटाउन नसक्दा बजेट आकार घटाइने गरेको अर्थविद्हरुले बताएका छन् ।
मन्त्री खतिवडाले समीक्षा अवधिमा निर्यात वृद्धि भएको र आयात पनि घटेको बताए । उनले देशमा सहायता र लगानी बढेको पनि दाबी गरे ।
उनले देशका स्थायित्व बढेको उल्लेख गर्दै वित्तीय संघीयता कार्यान्वयन सुदृढ बनेको टिप्पणी गरे । सरकारले बजेटमा साढे आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो ।
तर छ महिनाको अवधिसम्म ४ खर्ब २२ अर्ब रुपैयाँ मात्रै खर्च भएपछि अधिकतम सीमा १३ खर्ब ८५ अर्ब राखिएको हो । चालु आर्थिक वर्षमा चालु खर्च ९ खर्ब ५७ अर्बमा ९५ प्रतिशत खर्च हुन अनुमान सरकारको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने