काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट आकार घटाएको छ । सरकारले चालू आर्थिक वर्षका लागि १५ अर्ब ३२ खर्बको बजेट ल्याएको थियो ।
तर सरकारले घोषणा गरेको बजेटमा अर्धबार्षिक समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएर १३ खर्ब ८५ अर्बमा झारेको हो ।
अर्थ मन्त्रालयमा बुधबार आयोजित अर्धबार्षिक समीक्षाका क्रममा अर्थमन्त्री युवराज खतिवडाले बजेटको आकार १० प्रतिशतले घटाएको जानकारी दिए । खर्च तथा राजश्व लक्ष्य भेटाउन नसक्दा बजेट आकार घटाइने गरेको अर्थविद्हरुले बताएका छन् ।
मन्त्री खतिवडाले समीक्षा अवधिमा निर्यात वृद्धि भएको र आयात पनि घटेको बताए । उनले देशमा सहायता र लगानी बढेको पनि दाबी गरे ।
उनले देशका स्थायित्व बढेको उल्लेख गर्दै वित्तीय संघीयता कार्यान्वयन सुदृढ बनेको टिप्पणी गरे । सरकारले बजेटमा साढे आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो ।
तर छ महिनाको अवधिसम्म ४ खर्ब २२ अर्ब रुपैयाँ मात्रै खर्च भएपछि अधिकतम सीमा १३ खर्ब ८५ अर्ब राखिएको हो । चालु आर्थिक वर्षमा चालु खर्च ९ खर्ब ५७ अर्बमा ९५ प्रतिशत खर्च हुन अनुमान सरकारको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३८, खर्च ३५ प्रतिशत
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट