गैंडाकोटमा सामुहिक च्याउ खेती गर्दै महिलाहरु

प्रकाश सिग्देल

सोमबार, २७ माघ २०७६, १७ : २२
गैंडाकोटमा सामुहिक च्याउ खेती गर्दै महिलाहरु

– प्रकाश सिग्देल
नवलपुर । गैंडाकोट ४ शिवालय नमुना टोल विकास संस्थाका महिलाहरु संगठित भएर च्याउ खेती गर्दै आउनु भएको छ । शिवशक्ति कृषि महिला समुह दर्ता गरी महिलाहरुले गैंडाकोट ४ शिवचोकमा अर्गानिक च्याउ खती गर्नु भएको छ । उहाँहरुले गरेको च्याउ खेती गैंडाकोट नगरपालिकामा नै नमुनाको रुपमा रहेको छ ।

समुहमा रहेका ४० जना महिलाहरु मध्ये १५ जना सामुहिक च्याउ खेतीमा सक्रिय हुनु भएको हो । उहाँहरुले २०७६ मंसिर १० देखि यो च्याउ खती गर्दै आउनु भएको हो । उहाँहरुले व्यवस्थित रुपमा पलास्टिक घर निर्माण गरी त्यहाँभित्र पराले च्याउ खेती गर्दै आउनु भएको छ ।

गैंडाकोट नगरपालिकाको ५० प्रतिशत अनुदानमा महिलाहरु निकै सक्रिय भई खेती गरेको शिवशक्ति कृषि महिला समुहकी कोषाध्यक्ष संगिता घिमिरे पण्डितले बताउनु भयो । अहिलेसम्म ४ लाख ५० हजार खर्चो भएको उहाँ बताउनु हुन्छ । आफूहरुको च्याउ खती गैंडाकोट नगरपालिकाका नगर प्रमुख उपप्रमुख र प्राविधिकसहितको टोलीले निरीक्षण गरेको र गैंडाकोटमै उत्कृष्ट भएको उहाँहरुले बताउँदा निकै उर्जा आएको कार्यपालिका सदस्य समेत रहनुभएकीले बताउनु भयो । उहाँहरुले आफ्नो समुहलाई थप सहयोग गर्ने समेत बताउनुभएको उहाँ बताउनु हुन्छ ।

आफूहरुले गैंडाकोट महोत्सवमा पनि स्टल राखेर च्याउ बेचेको उहाँ बताउनु हुन्छ । त्यस्तै सामुहिक अध्यक्ष अनिता काफ्लेले पहिलो पटक महिलाहरु मिलेर समुहमा काम गरेको बताउनु भयो । यो कामले आफूहरुलाई धेरै सिकाएको बताउनु भयो । दिन रात खटिएर आफूहरुले अडर लिने र सामान पठाउने काममा अहोरात्र खटिएको उहा बताउनु हुन्छ । अहिलेसम्म ७ सय किलो विक्री गरेको उहाँ बताउनु हुन्छ ।

त्यस्तै नगरपालिकाका वडा सदस्य ज्ञान सरा विकले त्यसै घरमा बसिरहने महिलाहरुलाई यो सामुहिक च्याउ खती गर्ने कामले धेरै ज्ञान अनुभवसँगै आर्थिक रुपमा पनि केही सबल बनाउने बताउनु भयो ।

सुरुमा बजारका लागि केही कठिन भएपनि यस्तो काम सबै महिलाहरुले गर्न आवश्यक रहेको बताउनु भयो । महिलाहरुले बडो दुःख गरेर नमुना काम गरेर समाजमा उदाहरण प्रस्तुत गर्नु भएको छ । उहाँहरुको कामको उच्च सम्मान गर्दै नगरपालिकाले उहाँहरुको उत्पादनको बजारीकरण गर्न र उहाँहरुको हैसला प्रदान गर्न थप आर्थिक साहयताका कार्यक्रम दिन आवश्यक छ । 

प्रतिक्रिया दिनुहोस