जसिताको अनमोल जोडी

आइतबार, २६ माघ २०७६, १७ : ३१
जसिताको अनमोल जोडी

काठमाडौं । जसिता गुरुङले ‘लिलिबिली’ र ‘लभ स्टेसन’पछि कुनै फिल्ममा अभिनय गरेकी छैनन् । पछिल्लो समय निर्देशक रेनशा वान्तवा राईको ‘आई एम ट्वेन्टी वन’ साइन गरेर बसेकी थिइन् । तर यो फिल्म पनि फ्लोरमा जाने कुनै छाँट छैन ।

अहिले अभिनेता अनमोल केसीसँग फिल्म खेल्ने भएकी छन् । अनमोलको आफ्नै होम प्रोडक्सनमा बन्न लागेको ‘एन्टी हिरो’मा उनी हिरोइन हुने पक्का भएको छ । पाँच महिनाअघि नै ‘एन्टी हिरो’मा उनले काम गर्ने हल्ला बजारमा छरिएको थियो तर जसिताले फिल्म खेल्ने वा नखेल्नेबारेमा आफूले फाइनल गरिनसकेको प्रतिक्रिया भुवनले फेसबुकमार्फत दिएका थिए ।

अहिले आएर जसिता नै फिल्म ‘एन्टी हिरो’मा खेल्ने पक्का भएको सम्झौतापत्र सञ्जालमार्फत बाहिरिएको छ । यससँगै अभिनेता प्रदीप खड्कासँग उनको सम्बन्ध पनि बिग्रिएको चर्चा चल्दैछ । - शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस