सत्ताको आरोहणमा रहेका राजपा नेताहरुको एकपछि अर्काे दिल्ली दौड

राजेन्द्र महतो र शरदसिंह भण्डारी तीन दिन यता दिल्लीमा राजनीतिक भेटघाटमा

सफल खबर संवाददाता

शुक्रबार, २४ माघ २०७६, ०८ : ५१
सत्ताको आरोहणमा रहेका राजपा नेताहरुको एकपछि अर्काे दिल्ली दौड

काठमाडौं । सत्तारुढ दल नेकपासँग नजिकिन अनेक प्रयासमा रहेको मधेसको क्षेत्रिय पार्टी राष्टिय जनता पार्टीका शीर्ष नेताहरु एकपछि अर्काे दिल्ली दौडमा लागेका छन् । राजपामा अध्यक्षमण्डल छ । महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, महेन्द्रराय यादव, राजकिशोर यादव अध्यक्षमण्डलमा छन् ।

विगतमा ५ ओटा क्षेत्रिय दल मिलाएर उसले राजपा निर्माण गरेको थियो । त्यसयता यो पार्टीका यी ६ नेता रोटेसनका आधारमा अध्यक्षमण्डलका संयोजक तोकिने गरी नेतृत्व सम्हालिरहेका छन् । यी ६ नेतामध्ये राजपाका अहिले दुई नेता भारतमा छन् । शरदसिंह भण्डारी र राजेन्द्र महतो दिल्लीमा रहेको राजपा नेताहरुको भनाई छ । ‘महतो र भण्डारी अहिले दिल्लीमा हुनुहुन्छ,’राजपाका एक नेताले सफलखबरसँग भने,‘भण्डारी सोमबार र महतो वुधबार मात्र त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।’

नेताहरुले दिल्ली भ्रमणलाई आफनो पारिवारिक भ्रमणका रुपमा अथ्र्याएपनि उनीहरुले त्यहा“ राजनीतिक भेटघाटको कार्यक्रम पनि बनाएर गएको राजपाका ति नेताले वताए ।प्रधानमन्त्री केपी ओली र सत्तारुढ दल नेकपाले राजपालाई प्याकेज सहमतिमा आई सरकारमा समेत आउन आग्रह गरिरहेका बेला राजपा अध्यक्षमण्डलका दुई नेताको एक पछि अर्काे दिल्ली दौडलाई रहस्यका रुपमा लिईएको छ । हुन त, भण्डारीले नाताले भान्जा पर्ने को विवाह समारोहमा सहभागी हुन दिल्ली जान परेको पार्टीमा जानकारी गराएका छन्, त्यस्तै महतोले श्रीमतीको उपचार भनेका छन् ।

पारिवारिक यी काम नेताहरुले दिल्ली जानु अगाडी देखाएपनि त्यहा“ उनीहरुले गर्ने राजनीतिक भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सत्तारोहणका लागि हत्तारिएका राजपा नेताहरुको यसरी हुन थालेको दिल्ली दौड अर्थपूर्ण नै छ । फेरि दिल्ली हिडेका यी दुबै नेता सरकारमा सहभागिताका विषयमा पार्टीभित्र लचकतामा छन् । महेन्द्रराय यादव बाहेक अन्य नेताहरु सत्तारुढ दल नेकपास“ग कुनै न कुनै सम्झौता गरी सरकारमा जान हत्तारिएका छन् ।

बिहिवार मात्रै अध्यक्षमण्डलका एक नेता महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीस“ग सम्वाद गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टीलाई उनले उपसभामुख दिन औपचारिक रुपमा प्रस्ताव नै राखेका थिए । ओलीले भने प्रदेश २ को सरकार परिवर्तन, उपसभामुख चयन, केन्द्र सरकारमा राजपाको प्रवेश लगायत विषय प्याकेज सहमति नै गर्ने र त्यसका लागि तयार हुन ठाकृुरलाई आग्रह गरेको बताइएको छ । त्यही आधारमा ठाकुरले नेताहरु दिल्ली गएको र आएलगत्तै छलफल गरि निर्णय लिएर आउने जवाफ प्रधानमन्त्रीलाई दिएर बालुवाटारबाट बाहिरिएको स्रोतले बताएको छ ।

नेकपा राजपा सहमतिमा आए उपसभामुख राजपालाई दिन तयार छ । उसले केन्द्रमा २ मन्त्रालय दिएर राजपालाई सरकारमा ल्याउने र प्रदेश २ मा अहिलेको सरकार फेरेर आफु र राजपाको गठबन्धनमा नया“ सरकार गठनको प्रयास गरिरहेको छ । राजपाले यसमा सहमती जनाए राजनीतिमा नया“ कोर्स शुरु हुने अनुमान गरिरहेका बेला राजपा अध्यक्षमण्डलकै दुई नेता एक पछि अर्काे दिल्ली दौडाहलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस