जापानको अप्रिल इन्टेकमा सेन्ट्रल कलेजको शतप्रतिशत  ‘सिओइ’ सफलता

सफल खबर संवाददाता

बुधबार, २२ माघ २०७६, २० : ३२
जापानको अप्रिल इन्टेकमा सेन्ट्रल कलेजको शतप्रतिशत  ‘सिओइ’ सफलता

चितवन ।  अध्ययनको लागि जापान जान चाहाने विद्यार्थीहरुको लागि छुट्टै पहिचान बनाउन सफल सेन्ट्रल कलेजले अप्रिल ईनटेक २०२० को भिजा प्रक्रियामध्ये शत प्रतिशत सिओई हासिल गरेको छ । जापनको नागासाकी इन्ष्टिच्यूट अफ एप्लाईड साइन्समा’ गरेको भिजा प्रक्रियामा शत प्रतिशत सिओई  हासिल गरेको कलेजका प्रिन्सिपल वाईबी पौडेलले  जानकारी दिए ।

कक्षा १२ पछि धेरै विद्यार्र्थीको चासोमा विदेश गएर अध्ययन हुन्छ । पछिल्लो समय नेपाली विद्यार्थीको रोजाइमा जापान एक अग्रणी थलोका रुपमा चिनिन थालेको छ । त्यहाँको जीवन शैली र काम गर्दै पढ्न पाउने सुविधाका कारण पनि नेपालका धेरै विद्यार्थी जापान अध्ययन प्रति आकर्षित हुँदै आएका छन ।  विद्यार्थी भिसामा जापान गएर अध्ययन गरी त्यहाँको सीप र ज्ञानलाई नेपालमा ल्याएर प्रयोग गर्न सकेको खण्डमा विद्यार्थीहरूका लागि भने जापान उपयुक्त हुने जापान अध्ययनको परामर्श तथा भिजा प्रक्रिया गर्दै आएको सेन्ट्रल  कलेजका प्रिन्सिपल  वाइबी पौडेलले बताए । 

शिक्षासँगै रोजगारीको अवसर पाइने भएकाले समेत नेपाली विद्यार्थीहरूको जापान जान अत्यन्त उत्साहीन हुने गरेको सेन्ट्रल कलेजका जापनीज भाषा प्रशिक्षक साइटो सिगेरुको बताउँछन ।’
उनका अनुसार विद्यार्थी भिसामा जापान पुग्नेहरूलाई केही समय कठिन परिश्रम गर्नुपरे पनि पढाई सकिएपछि भने रोजगारीका साथै व्यापार–व्यवसायको समेत अवसर रहेकोले विद्यार्थीहरुमा मेहेनत र धैर्यताको खाँचो देखिन्छ । 

जापान जाने विद्याथीहरुले जापानमा न्यूनतम १ वर्षको जापानी भाषा उत्तीर्ण गरेपछि आफ्नो रुचि अनुसारको विश्वविद्यालय तथा कलेजमा पढ्न जान पाइने उनी बताउँछन् । 
उनका अनुसार विद्यार्थीहरूले वर्किङ भिसा पाएपछि भने मासिक साढे दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने छन । जापानमा  रहेका स्कुल तथा विश्वविद्यालयले वर्षमा चार पटक भर्ना लिने गरेका छन्,  जनवरी, अप्रिल, जुलाई र अक्टोबर गरी चार वटा इनटेक हुन्छ । अप्रिल र अक्टोबर इनटेकका लागि सबैभन्दा बढी चाप हुने गर्दछ । 

जापान जानु भन्दा पहिले राम्रो परामर्श केन्द्रमा पुगेर भाषामा दक्ष भएर कलेज विषय तथा शहर छनोटको लागि उचित परामर्श लिएर जापान गएको खण्डमा जापान पुगेपछि पछुतो नहुने पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस