काठमाडौँ । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सन्दिप लामिछानेले आर्थिक सहयोग गर्ने घोषणा गरकेा छन् ।
माघ २२ देखि २९ गतेसम्म काठमाडौंमा हुने अमेरिका, ओमान सम्मिलित त्रिकोणात्मक लिगमा आफूले लिने प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका हुन्।आइतबार लामिछानेले ट्वीट गर्दै उक्त खेलमा आफूले लिने प्रत्येक विकेट बराबर उक्त रकम रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका हुन्।
विदेशमा गएर ट्वान्टी–२० लिग खेल्ने नेपालका पहिलो खेलाडी समेत रहेका लामिछानेले इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिगबास, क्यारेबियन लिग लगायतका विश्वका चर्चित लिगहरु खेलिसकेका छन्।
अस्ट्रेलियाको मेलवर्न स्टार्सबाट बिग बास खेलिरहेका सन्दीप ५ दिनअघि मात्रै त्रिकोणात्मक लिग खेल्न उनी नेपाल आएका हुन्।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २० माघ २०७६, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई हुदैँ
आइसिसी विश्वकप लिग : आजबाट सन्दिप लामिछाने पनि मैदानमा
सन्दिप लामिछानेको मुद्धाको पेसी ९ माघमा
सन्दिप लामिछानेको थुनछेक बहस आज पनि सकिएन, मुद्दा हेर्दाहेर्दैमा