गोंगबु–नयाँ बसपार्क एरियामा प्रहरीको छापाः ३२ महिलासहित ७१ जना समातिए

सफल खबर संवाददाता

आइतबार, १९ माघ २०७६, ०७ : ०६
गोंगबु–नयाँ बसपार्क एरियामा प्रहरीको छापाः ३२ महिलासहित ७१ जना समातिए

काठमाडौँ । राधानीको गोंगबु र नयाँबसपार्क क्षेत्रमा शनिबार राति प्रहरीले छापा मारेको छ । ‘सीप अपरेशन नाम’ दिइएको सो प्रहरी कारबाहीमा ३२ महिलासहित ७१ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लागूऔषध दुर्ब्यसनी, वेश्यावृत्ति गर्ने गराउने, तोकिएको मापदण्ड बमोजिम संचालन नगर्ने व्यवसायी र यात्रुहरूलाई हैरानि दिने दलाल समेत रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखेर थप अनुसन्धान भइरहेको छ ।

नियन्त्रणमा लिइएकोमा उर्वशी डान्स बारका संचालक, नमस्ते डान्स बारका मेनेजर, दर्शन नमस्ते रेष्टुरेन्ट लगायत रहेको र केहीको साथबाट लागू औषध गाँजा र ड्रग्ससमेत फेला पारिएको महानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस