काठमाडौँ । नेपाली काँग्रेसभित्र काम नगर्ने तर हल्ला गर्ने समूहका प्रमुख जस्तै छन् गगन थापा । उनी आफूलाई सेलिब्रेटी नेता भएको पनि ठान्छन् । युवा पुस्तामा लोकप्रिय भएपनि थापालाई नेपाली कांग्रेसभित्र अस्थिर नेताका रुपमा लिने गरिन्छ । जता मल्कु उतै ढल्कु थापाको विशेषता बनेको छ । व्यक्तिगत स्वार्थका लागि नेता कृष्णप्रसाद सिटौलाको फेरो पकडेर राजनीतिमा उदाएका थापाले अहिले आफूलाई नयाँ बाटोमा लगेको बताइन्छ ।
सिटौलामार्फत केन्द्रीय सदस्य र मन्त्री बन्न सफल भएका थापाले १४औँ महाविधेशनलाई निशाना बनाएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा काम गर्न नसकेर अलोकप्रिय बन्दै गरेका थापाले १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवार बनेर एक पटक कांग्रेसभित्र हालिमुहाली गर्ने योजना बनाएको उनीहरु निकट बताउँछन् । उनले अहिलेदेखि नै महामन्त्रीको तयारी गरिरहेका छन् । महामन्त्री बन्ने सर्तमा उनले सिटौला समूहलाई छाड्ने तयारी गरेका हुन् । थापालाई अर्का युवा नेता प्रदीप पौडेलले साथ दिएका छन् । उनीहरू दुबै नेता प्रकाशमान सिंहको पछाडि लागेर १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्ने योजना बनाइरहेको स्रोतको भनाइ छ ।
सिटौला समूहबाट महामन्त्री बन्ने सम्भावना निकै कम देखेका थापाले सिंहलाई नेता मानेर अगाडि बढ्ने तयारीमा रहेको बताइएको छ । सिंहलाई नेता मान्दै आएका नवीन्द्रराज जोशीले साथ छोड्ने संकेत दिएका छन् ।
थापा र पौडेल नेता सिंहलाई भेट्न चाक्सीबारीमा धेरै नै समय खर्च गर्ने गरेका छन् । काठमाडौं उपत्यकाको हकमा थापालाई सिंहकै पछाडि लाग्दा फाइदा हुन्छ भन्ने निष्कर्षमा पुगेका छन् । यसरी गुटगुट खर्च गरेर बाहिर जाने वा लैजाने प्रक्रियाले पार्टी संगठनलाई कमजोर बनाएका छन् । सो खेलमा थापा सक्रिय रुपमा लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ माघ २०७६, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ता गठबन्धनको बैठकमा गगन थापा गएनन्
गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीश प्रधान र पाण्डेयको इजलासमा
'हामी तलमाथि गर्दैनौँ, तर सरकारले रिजल्ट दिनुपर्छ’: गगन थापा
विधेयक टुंग्याइरहेका बेला ट्रेड युनियनको आन्दोलन रोक्न आग्रह गर्छु: गगन थापा
'सरकार ट्याक्टरको गतिमा चलिरहेको छ' : गगन थापा
संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा