काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । यस्तै अहिलेको दलहरुको विकल्प जनताले खोजेको पनि सो पार्टीले जनाएको छ ।
शुक्रबारदेखि सो पार्टीको काठमाडौँमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालिएको हो ।
नयाँ संविधान बमोजिम निर्वाचन भएपछि शान्ति र स्थायित्व कायम भइ देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर जनताले आशा गरेको भएपनि कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको सो पार्टीको ठहर छ ।
राप्रपाले धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समय मै नियन्त्रण गर्न नसकिए देश धार्मिक द्वन्द्वमा फस्नसक्ने चेतावनी समेत दिएको छ ।
पछिल्लो तथ्यांक अनुसार तिव्र गतिमा समाजको ईशाईकरण हुने देशहरुमा नेपाल पहिलो नम्बरमा रहेको छ ।
धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समय मै नियन्त्रण गर्न नसकेमा यसले अन्तत्वगत्वा नेपालको राष्ट्रिय पहिचानलाई समाप्त पार्ने, सामाजिक सांस्कृतिक सदभाव र एकता खलबल्याउने र देशलाई गंभीर धार्मिक द्वन्द्वमा फसाउने टड्कारो संभावना देखिन्छ’, थापाको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
राप्रपाले प्रायः सबै प्रमुख दलहरु आफ्नो सिद्धान्तबाट विचलित भएको दावी गर्दै भनेको छ, ‘पूर्वाग्रह रहित भै ईमान्दारीपूर्वक विष्लेषण गर्ने हो भने तत्कालीन माओवादी, एमाले र कांग्रेस सबै आ(आफ्ना स्थापनाकाल र संघर्षकालका मान्यता, विश्वास र सिद्धान्तबाट विमुख र विचलित भैसकेका छन् । जुन सिद्धान्त र आस्थाको निमित्त दलमा सहभागी भएका थिए, संघर्ष गरेका थिए र जीवन उत्सर्ग गरेका थिए ती मान्यतामा कुनै पनि दल र नेताहरु टिक्न सकेका छैनन् ।’
पार्टीहरुमा वैचारिक अडानमा ह्रास आएको समेत राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ माघ २०७६, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै राप्रपालाई ज्ञापनपत्र
राप्रपा नेपालको निम्तो मान्न पुगे लिङ्देन
एमालेको कार्यक्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको भन्दै राप्रपाले जनायो आपत्ति
६ बुँदे मागसहित काठमाडौँ प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन (तस्वीरहरू)
राप्रपा आन्दोलनको रणनीति फेरियो, अब बानेश्वरमा मात्र केन्द्रित