नेकपाको समूहगत छलफल सुरु, कोको छानिए टोली नेता ?

सफल खबर संवाददाता

विहीबार, १६ माघ २०७६, १६ : २०
नेकपाको समूहगत छलफल सुरु, कोको छानिए टोली नेता ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कमिटीमा समूहगत छलफल सुरु भएको छ । छलफलको लागि टोली नेता छानिएको छ । कति उपनेता छान्न बाँकी नै छ । 

नेकपाले १५ वटा टोली बनाएर छलफल थालेको छ । १५ वटा टोलीमा १५ जना टोली नेता छनौट भएका छन् । एउटा समूहमा ३० जना नेता रहेका छन्। एउटामा मात्रै ३१ जना टोली रहेको नेकपाले जनाएको छ ।
समूहगत छलफलमा सरकारले भारतले सीमा मिच्दा पनि स्पष्टसँग कुरा राख्न नसकेको, एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुनेलगायतका धारणा राखेका छन् ।

कोको छन् टोली नेता ?

१– उर्मिला अर्याल 
२– कमला रोक्का 
३– खिमलाल भट्टराई 
४–जगन्नाथ खतिवडा 
५–ठाकुर गैरे 
६– दीनानाथ शर्मा 
७–पूर्णाकुमारी सुवेदी 
८– बिन्दा पाण्डे 
९ भगवती चौधरी 
१०– आनन्द पोख्रेल
११– राजेन्द्र राई 
१२– रेनु दाहाल 
१३– लेखनाथ न्यौपाने 
१४– राम कार्की 
१५– हिमाल शर्मा 
 

प्रतिक्रिया दिनुहोस