काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारविरुद्ध डरलाग्दो प्रचारयुद्ध भइरहेको बताएका छन् ।
बुधबार केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक उद्घाटन गर्दै राष्ट्रिय सभामा ओलीले भने, ‘हाम्राविरूद्ध प्रचारयुद्ध अझै भनौं आक्रमण छेडिएको छ ।’ उनले त्यो प्रचार आक्रमण के हो भन्ने प्रष्ट खुलाएनन् ।
प्रचार गर्नेहरूलाई कामबाट जवाफ दिने पनि उनले बताए । ‘हामी वादविवादबाट होइन, नतिजा र कामबाट जवाफ दिन्छौं,’ प्रधानमन्त्री ओलीले भने ।
ओलीले संसद् सञ्चालन, सरकार, स्थानीय तह, संविधान कार्यान्वयनका सन्दर्भमा थुप्रै कामहरू भएका दाबी गरे ।
कतिपय आलोचना, कतिपय कमजोरी भएपनि सरकारले काम गरिरहेको उनले बताए । ‘हामी उपलब्धि हासिल गर्मे काममा पछि परेका छैनौं,’ ओलीले भने ।
वर्षमा १० किलोमिटर मात्र सडक कालोपत्र हुने गरेको विगत रहेको भन्दै उनले भने, ‘अहिले दैनिक ५.७ किलोमिटर सडक कालोपत्रे हुन्छ ।’
आफ्नो नेतृत्वको सरकार बनेपछि अन्तर्राष्ट्रिय सूचकांकहरुमा समेत सुधार भएको भन्दै उनले तथ्यांक प्रस्तुत गरे । आर्थिक वृद्धिदर यो वर्ष ६।५ प्रतिशत माथि रहेको तथा धानदेखि गहुँको उत्पादन समेत बढेको प्रधानमन्त्री ओलीले सुनाए ।
उनले आफ्नो नेतृत्वको सरकार संयुक्त राष्ट्रसंघको वडापत्र या अन्तर्राष्ट्रिय जगतले निकालेका राजनीतिक प्रणालीको मापदण्डका आधारमा प्रतिस्पर्धा गर्न चाहेको भन्दै ती मापदण्डमा हामी अगाडि नै रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ माघ २०७६, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली