के भयो आस्था राउतलाई ? अचानक अस्पताल भर्ना

मंगलबार, १४ माघ २०७६, १२ : ४६
के भयो आस्था राउतलाई ? अचानक अस्पताल भर्ना

काठमाडौँ । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई अस्पताल भर्ना भएकी छन् । सोमबार राति नै गायिक राउतलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको प्रहरीले भनाइ छ । 

सोमबार नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई चार दिन थुनामा राख्न अनुमति दिएको थियो। उनलाई टाउको दुख्ने,थकाइ लाग्ने र ज्वरो समेत आउन थालेपछि 
उपचारका लागि अस्पताल पुर्‍याइएको हो। चिकित्सकहरुले राउतलाई हाइपर टेन्सन भएको बताएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षार्थ तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि आस्था आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस