सशस्त्रमा पाँच जना डीआईजीमा सिफारिस

पत्रपत्रिकाबाट

मंगलबार, १४ माघ २०७६, ०७ : १७
सशस्त्रमा पाँच जना डीआईजीमा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । सिफारिसमा पर्नेमा कृष्णभक्त ब्रम्हाचार्य, बंशिराज दाहाल, हरिशंकर बुढाथोकी, ई. किशोर प्रधान र राजेन्द्र बस्नेत छन् ।

बढुवा सिफारिसमा पहिलो नम्बरमा रहेका ब्रम्हाचार्य एसएसपीमा वरिष्ठतामा दोस्रो स्थानमा थिए । पहिलो नम्बरका बुढाथोकी तेस्रो नम्बरमा पुगेका छन् । तेस्रो नम्बरका बस्नेत पाँचौ नम्बरमा पुगेका छन् । एसएसपीमा उनीहरुसँगै बढुवा भएका हरिश्चन्द्र अधिकारी भने बढुवा सिफारिसमा पर्न सकेनन् ।

पाँचौ नम्बरका दाहाल दोस्रो र छैठौं नम्बरका प्रधान चौथो स्थानमा बढुवा सिफारिसमा परेका छन् ।राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस