प्रहरी नियन्त्रणमा रहेकी आस्थाले भनिन्– कानुनभन्दा माथि म छैन

सोमबार, १३ माघ २०७६, १३ : २५
प्रहरी नियन्त्रणमा रहेकी आस्थाले भनिन्– कानुनभन्दा माथि म छैन

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतले कानुनभन्दा माथि आफू नरहेकी बताएकी छन् ।  कानूनलाई ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको उनले बताइन् । ‘कानुनअनुसार मलाई के हुन्छ, त्यो म स्वीकार्छु गायिका राउतले भनिन्, ‘कानूनभन्दा माथि कोही पनि छैन ।’

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिने भनेपछि उनी आफैँ प्रहरीमा पुगेर आत्मसमर्पण गरेकी थिइन् ।

आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । 

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन्  । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् । 

पछि विमानस्थलको सीसीटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो ।  सोहीअनुसार माघ १३ गते आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो । 

प्रतिक्रिया दिनुहोस