सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

सफल खबर संवाददाता

सोमबार, १३ माघ २०७६, १२ : ०२
सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित  समारोहमा सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वाचित भएका हुन्। सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्री भैसकेका छन्।

सभामुख निर्वाचित भएपछि संसद भवनबाट बाहिरिने क्रममा सापकोटाले आफूले लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्ने बताए। लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्न जनताको सार्वभौम संस्थाको ओज, गरिमा कायम राख्न तटस्थ निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न सधैंभरि लागि रहनेछुु, सापकोटाले भने।

प्रतिक्रिया दिनुहोस