गायिका आस्था राउतले गरिन् महानगरीय प्रहरी परिसरमा आत्मसमर्पण

सफल खबर संवाददाता

सोमबार, १३ माघ २०७६, १० : १०
गायिका आस्था राउतले गरिन् महानगरीय प्रहरी परिसरमा आत्मसमर्पण

काठमाडौं । अभद्र ब्यवहारमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि सम्र्पक बाहिर रहेकी गायिक आस्था राउतले प्रहरी समक्ष आत्मसमर्पण गरेकी छिन् । गत हप्ता त्रिभुवन विमानस्थलमा सुरक्षाजाँचका क्रममा डियुटीमा रहेकी महिला प्रहरीसँग अभद्र ब्यवहार प्रर्दशन गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

आस्थाले प्रहरीले आफुलाई दुब्र्वहार गरेको भन्दै सामाजिक सन्जालमा लाइभ आई जथाभावी बोलेपछि यो विषय निक्कै भाइरल बनेको थियो । त्यसपछि सरकारले समेत यस घटनामा चासो देखाएपछि छानविन समिति बनेको थियो ।

आस्थाले आफुमाथी दुब्र्वहार गरेको आरोप लगाएकी सुरक्षा जाँचमा बसेकी महिला प्रहरीले उल्टै उनीमाथी अभद्र ब्यवहारमा कारवाहीको माग गर्दै प्रहरीमा निवेदन दिएपछि उनलाई पक्राउ पुर्जी जारी भएको थियो ।त्यसपछि घटनाको सिसि टिभी फुटेज पनि सार्वजनिक भएको थियो । सिसिटिभि फुटेजमा महिला प्रहरीले सुरक्षा चेक जाँच गरेको तर उल्टै आस्थाले नै प्रहरी कर्मचारीमाथी दुब्र्वहार गरेको देखिएपछि गायिका राउत आलोचित बनेकी थिइन् ।

उनका वावुले घटनामा आस्थाका तफबाट माफी मागेका थिए । प्रहरीले आत्मसर्मपण गरेर गल्ती स्वीकारे उनीविरुद्ध मुद्दा नचलाउने आश्वासन दिएपछि आस्थाले आज बिहान महानगरिय प्रहरी प्रभाव टेकुमा पुगेर आत्मसमर्पण गरेको प्रहरी स्रोतले जनाएको छ ।

उनी प्रहरी प्रभावमा आफना नातेदार सहित पुगेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई स्वास्थ्य परिक्षणका लागि विर अस्पताल लगेको स्रोत बताउँछ । आस्था आफै प्रहरीमा उपस्थित भएपछि अब यो मुद्दालाई मिलापत्र तिर लैजाने तयारी प्रहरीले गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस