एजेन्सी । अमेरिकी अर्बपति तथा समाजसेवी जर्ज सोरोसले ड्याभोसमा चलिरहेको ‘वल्ड इकोनोमिक फोरम’को एक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरे ।
सोरोसले मोदी अहिले भारतलाई हिन्दू राष्ट्र बनाउन लागि परेको आरोप लगाए ।
लोकतान्त्रिक रुपबाट चुनिएर आएका नरेन्द्र मोदीले देशलाई हिन्दू राष्ट्रवादी देश बनाउन लाग्नु भारतको लागि एकदम ठूलो झट्का भएको सोरोसले बताए ।
सोरोसले कश्मीरमा प्रतिबन्ध लगाएर मोदीले त्यहाँका मानिसलाई सजाय दिइरहेको र लाखौं मुसलमानको नागरिकता खोस्ने धम्की दिइरहेका बताए ।
भारतको स्वशासित प्रदेश जम्मू–कश्मीरलाई उक्त अधिकार दिएको संविधानको धारा ३७० हटाएको र नयाँ नागरिकता कानून ल्याएको सन्दर्भमा उक्त टिप्पणी गरेका थिए ।
सारोसले भारतको मात्र होइन अमेरिकी र चिनिया नेताको पनि आलोचना गरे र तीनलाई पनि तानाशाही बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ११ माघ २०७६, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जम्मु कश्मीरको विशेषाधिकार छिन्ने मोदीको निर्णयलाई सर्वोच्चले दियो वैधता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता
भूकम्पबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै मोदीले भने - सहयोग गर्न भारत तयार छ
जी– २० मा भेट हुन नपाएका मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ताको सम्भावना कति ?
भारतीय प्रधानमन्त्री मोदी र बेलायती समकक्ष ऋषि सुनकबिच द्विपक्षीय भेटवार्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो