दीपक मनाङेमाथि २ दिनको म्याद थप

सफल खबर संवाददाता

शुक्रबार, १० माघ २०७६, १५ : ५४
दीपक मनाङेमाथि २ दिनको म्याद थप

गण्डकी प्रदेशसभा (सांसद) सदस्य दीपक मनाङेमाथि थप अनुसन्धान गर्न २ दिनको म्याद थप भएको छ । 
 नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको अभियोगमा सांसद मनाङेलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।  
गुरुङलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट २ दिनको  म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए । 

मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ । 

मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत नै स्वीकार गरिसकेका छन् । पत्रकार सम्मेलनमा उनले मिलन भ्रष्टाचार र गठीमा संलग्न रहेको भन्दै उनले फूलमाला लगाएर नहुने र झापडमै हान्नुपर्ने बताएका थिए । 
यसैबीच ठगी मुद्दामा प्रहरीले मिलन गुरुङलाई पनि पक्राउ गरेको छ ।