पोखरा । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गर्ने गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेलाई कारबाही गर्न काँग्रेसले माग गरेको छ ।
काँग्रेस संसदीय दलको बिहीबार बसेको बैठकले अध्यक्ष मिलनलाई हातपात गर्नेमाथि कारबाही नभए सदनमा आन्दोलन गर्ने समेत चेतावनी दिएको छ ।
अध्यक्ष गुरुङमाथि हातपात गरेका प्रदेश सभा सदस्य दीपक मनाङेलाई प्रहरीले आजै नियन्त्रणमा लिइसकेको छ । दुईदिनअघि मनाङेले मुख्यमन्त्री कम फुटबलको विषयमा विवाद हुँदा गुरुङमाथि हातपात गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ माघ २०७६, २२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
दिपक मनाङेको मुद्दा हेर्न नमिल्नेमा