काठमाडौं । अध्यापन अनुमतिपत्र शिक्षक लाइसेन्स नलिई अब संस्थागत विद्यालयमा पनि पढाउन पाइने छैन । विद्यालय वा विद्यालय स्तरका जुनसुकै शिक्षण संस्थामा अध्यापन गराउन लाइसेन्स अनिवार्य भएको छ ।
यसअघि सामुदायिक विद्यालयमा मात्र लाइसेन्स चाहिने थियो । हाल निजी विद्याालय र प्राविधिक शिक्षालयहरुमा लाइसेन्स बिना पनि अध्यापन गराउँदै आएका छन् । उनीहरुले ऐन प्रारम्भ भएको ३ वर्ष भित्र लाइसेन्स लिइसक्नुपर्ने छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको संघीय शिक्षा ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको छ । मस्यौदामा यसअघि शिक्षक सेवा आयोगले वितरण गर्ने शिक्षक लाइसेन्स वितरणका लागि छुट्टै टिचिङ काउन्सिलको व्यवस्था गरिएको छ ।
मस्यौदाको परिच्छेद १० को दफा ९३ को उपदफा १ मा विद्यालय शिक्षामा अध्यापन कार्य गर्नका लागि योग्य व्यक्तिहरुको निर्धारण, शिक्षण पेसामा प्रवेश गर्न चाहने जनशक्तिको रजिष्ट्रेशन, पेसागत विकास, अध्यापन अनुमतिपत्र प्रदान, शिक्षकको विज्ञताको परिक्षण तथा प्रमाणीकरणलगायतका कार्य गर्नका लागि एक नेपाल टिचिङ काउन्सिल रहने व्यवस्था गरिएको छ ।
काउन्सिलले विद्यालय वा संस्थामा अध्यापकको रुपमा प्रवेश गर्न चाहनेहरुलाई पूर्वयोग्यता परीक्षण गरी अध्यापन अनुमतिपत्र दिने र शिक्षण पेशालाई मर्यादित र व्यवस्थित बनाउनका लागि नेपाल सरकारलाई सुझाब दिने मस्यौदामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ माघ २०७६, १७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन