एजेन्सी । अष्ट्रेलियामा डढेला नियन्त्रणमा संलग्न एक विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
उक्त विशाल हवाई ट्यान्कर बिहिबार स्थानीय समय अनुसार १३ः३० देखि हराइरहेको थियो । खोजको केही पछिनै विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
नर्थ साउथ वेल्सका प्रमुख ग्लाडीस बेरेजिक्लियनले जहाज हिउँयुक्त पहाडमा ठोक्किएको जानकारी दिए ।
नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले उक्त पानी बोकेको जहाज डढेलो प्रभावित क्षेत्रमा पठाइएको बताए ।
कमिस्नर शेन फिट्जसिमान्सका अनुसार जहाज के कारणले जहाज पहाडमा ठोक्किन पुगेको स्पष्ट नभइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०९ माघ २०७६, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकमा अमेरिकी सैन्य विमान दुर्घटना
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना