सप्तरी । स्कुलबाट फर्कंदै गरेका एक बालकको परी आज अपराह्न मृत्यु भएको छ । काठमाडौँबाट झापातर्फ तीव्र गतिमा गइरहेको बा ३ ख ७९७७ नंको हायस गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहा बस्ने रामकुमार चौधरीको आठ वर्षीय छोरा प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै पुगेको इलाका प्रहरी कार्यालय रुपनीले गाडी र चालक विपिन थापालाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बञ्जाडेले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ माघ २०७६, २१ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडक दुर्घटनामा एक जनाको मृत्यु
पाँच वर्षमा सडक दुर्घटनामा १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते
उत्तर प्रदेशमा सडक दुर्घटना, ६ जनाको मृत्यु
पश्चिम भारतमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु
केन्यामा सडक दुर्घटनामा ४८ जनाको मृत्यु
दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु