प्रधानमन्त्री ओलीले दिए मोदीलाई निम्तो, के आयो जवाफ ?

सफल खबर संवाददाता

मंगलबार, ०७ माघ २०७६, १२ : ०१
प्रधानमन्त्री ओलीले दिए मोदीलाई निम्तो, के आयो जवाफ ?

काठमाडौं । भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
‘म तपाईंलाई काठमाडौंमा स्वागत गर्न आतुर छु। यहाँको भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ मजबुद बनाउने छ,’ ओलीले भने।

भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले विराटनगरको एकीकृत जाँच चौकी उद्घाटन गरेका छन् । सोही कन्फ्रेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निम्तो दिएका हुन् । प्रधानमन्त्री ओलीले दुई देशबीच थाती रहेका सबै विषय सम्वादबाट हल गर्ने बताएका थिए ।

विराटनगरमा निर्माण सकिएको इन्टिग्रेटेड चेकपोस्ट र गोरखा र नुवाकोटमा बनेका ५० हजार घर हस्तान्तरण गर्न मंगलबार बिहान प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडिओ कन्फेरेन्स भएको हो । 

सो भिडिओ कन्फेरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए।

प्रधानमन्त्री ओलीले भने,’ वार्ताका माध्यमबाट हामीबीच थाँती रहेका मुद्दालाई दुई देशको दीर्घकालीन हित हुने गरी पनि सुल्झाउने बेला आएको छ।’

ओलीपछि बोलेका मोदीले सुरूमा नेपालीमा कस्तो छ भनेर सोधेका थिए।
भारतीय प्रधानमन्त्री मोदीले भनेका छन्, ‘हामीले केही नयाँ क्षेत्रमा सहयोग गरेका छौं। मलाई आशा छ यो नयाँ दशक भारत(नेपाल सम्बन्धको स्वर्णीम दशक बनोस्,’ ।

‘मलाई निमन्त्रणा दिनुभयो धन्यवाद छ। म यस वर्षको कार्यतालिका बनाउँदैछु,’ मोदीले भने, ‘यस वर्ष म जरूरी नेपालीसँग समय बिताउने छु।’

प्रतिक्रिया दिनुहोस