काठमाडौं । माघ १२ गते दिउँसो ३ बजेपछि मतदान गर्ने गरी तय गरिएको प्रतिनिधीसभाको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुदैछ । निर्वतमान सभामुख कृष्णबहादुर महरा संसदकै एक महिला कर्मचारीमाथी बलात्कार प्रयासको आरोपमा पदमुक्त भएपछि १४ असोज देखि संसद सभामुख विहिन छ ।
उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पनि सोमबार पदबाट राजीनामा दिएपछि संसदका दुवै पद रिक्त छ । सभामुखका लागि संसद सचिवालयले १२ माघमा दिउँसो ३ बजे संसद बैठक बोलाएर मतदान गर्ने गरी कार्यतालिका तय गरिसकेको छ । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार, सभामुख पदका लागि आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका तय गरिएको छ ।
उम्मेदवारी दर्ता सचिवालयले नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा गर्न सक्ने गरि ब्यवस्था मिलाएको छ । संसदमा झण्डै दुई तिहाई बहुमत रहेको नेकपाले सभामुखमा पार्टीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरिसकेको छ । उनले आजै बिहान साढे ११ वजे वानेश्वरस्थिन ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको नेकपा नेताहरुले बताएका छन् ।
संसदमा सभामुख निर्वाचित हुन कुल २ सय ७५ सांसद मध्ये १ सय ३८ सांसदको मत भए पुग्छ । तर नेकपा एक्लैसंग संसदमा १ सय ७४ मत छ । त्यसमध्ये निर्वतमान सभामुख महरा भने निलम्वित अवस्थामा छन् । उनले मतदान गर्न पाउने छैनन् । त्यसो गर्दा नेकपाको आफ्नै पार्टी भोट १ सय ७३ रहेकोले सापकोटा स्वतः निर्वाचित हुने छन् ।
महराको निर्वाचनका बेला काँग्रेसले यही अवस्था देखेर सभामुखमा उम्मेदवारी दिएको थिएन । त्यसबेला महरा सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए । तर प्रतिपक्ष काँग्रेसले अहिले सभामुखमा पार्टीको उम्मेदवारी दिने-नदिने विषयमा कुनै औपचारिक निर्णय भने लिईसकेको छैन । काँग्रेसले उपसभामुख सत्तारुढ दल नेकपाले आफनो पार्टीलाई दिएको खण्डमा सभामुखमा उम्मेदवारी नदिने सन्देश नेकपाका नेताहरुसम्म पु¥याएको छ ।
संविधानतः सभामुख र उपसभामुख एकै राजनीतिक पार्टीवाट बन्न नपाउने ब्यवस्था छ । सोही आधारमा पनि सभामुख नेकपाले जितिरहदा उसले उपसभामुखमा आफनो उम्मेदवार उठाउन पाउने छैन् । सभामुख लिनकै लागि बहालबाला उपसभामुखलाई नेकपाले सोमबार पदबाट राजीनामा गराउन लगाएको थियो ।
सभामुखमा पार्टी उम्मेदवारी दिने नदिनेमा प्रतिपक्ष काँग्रेस अझै अलमलमै छ । उसले अहिले बिहान पार्टी संसदीय दलको कार्यसमिति बैठक राखेको छ । दल बैठकमा यस बारेमा छलफल गरेर निर्णयमा पुगिने काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सफलखवर अनलाइनलाई बताए । ‘हामी अहिले केही बेरमा संसदीय दलको कार्यसमितिको बैठक बस्दैछौं, त्यहाँ छलफल गरेर मात्र एउटा निर्णयमा पुग्छौं,’ काँग्रेस प्रमुख सचेतक खाँणले भने ।
अन्य साना दलले भने सभामुखमा उम्मेदवारी दिने विषयमा केही सोचेका छैनन । ‘हामीले उम्मेदवारी दिएर के हुन्छ र ? यसतिर हामीले सोचेकै छैनौं’ नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ माघ २०७६, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती विधेयकमा भएको गडबडी छानबिन समितिका सदस्यहरूले गरे सभामुखसँग छलफल
कुलिङ अफ पिरियडको गडबडी छानबिन गरी विधेयक सच्याउन सभामुखको जोड
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल सिंहदरवारमा जारी
विधेयकको अवस्थाबारे छलफल गर्न सभामुखले बोलाए समितिका सभापतिहरूसँगको बैठक
प्रमुख तीन दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह