काठमाडौँ। पशुपति क्षेत्रमा खुलेका मदिरा र भट्टी पसललाई पशुपति क्षेत्र विकास कोषले हटाउने तयारी गर्दैछ । सोका लागि कोषले स्थानीय वडा कार्यालयसँग परामर्श लिने कार्य सम्पन्न गरेको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. ७ सिफललगायतका क्षेत्रमा भने वडा कार्यालय र सामुदायिक प्रहरीको संयुक्त अग्रसरतामा यी पसल हटाइने भएको छ ।
पशुपति क्षेत्रलाई मांस मदिरामुक्त क्षेत्र बनाउने क्रममा पहिलो चरणमा भटट्ी पसल चहार्दै मगन्ते जीवन बिताइरहेकालाई कोषले हटाएर मानव धर्म सेवा समितिको संरक्षकत्वमा व्यवस्थित गरेको छ ।
आश्रमबाट फर्केर यही प्रवृत्ति दोहरिन थालेपछि कोषले मदिरा पसल र भटट्ी हटाउन लागेको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार मगन्ते हटाएपछि अब यहाँका अव्यवस्थित फूल तथा पूजा सामग्री पसल हटाउने र भाडामा दिएकालाई स्थानान्तरण गरेर मदिरा, मांस पसल हटाइने जनाइएको छ । कोषले यस्ता पसल हटाउन सात दिने सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०७ माघ २०७६, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पशुपतिमा बढ्यो जोगी र साधुसन्तहरुको चहलपहल
पशुपति क्षेत्रभित्र पाँच दिनसम्म मासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
पशुपतिको आरती र दीप प्रज्वलनको कपीराइटसम्बन्धी सूचनामा कोषको असहमति
पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन
आज पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन गरिने
पशुपतिमा गरियो सामूहिक गाई पूजा