काठमाडौँ । पछिल्लो समयमा चर्चित बनेका र्यापर मिस्टर आर जे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको डलर बोलको गीतको भिडियो सार्वजनिक भएको छ। नवराज कलौनीको शब्द तथा राजेन्द्र भट्टको संगीतमा रहेको गीतमा आर्जन स्वयम् र वर्षा राउत, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ ।
गायक आर्जन यस अघि घाँटी भन्दा तल त राम्रै हो बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा र विवादमा तानिएका थिए। यस गीतमा भने उसको तारिफ भएको छ।
चर्चित कोरियोग्राफर गम्भिर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने इन्टेन्स्ड इल्डले सम्पादन गरेको छ। मनोज बस्नेतको निर्माणमा बनेको डलर गीतको भिडियोलाई एटके एभरेष्ट मोसन पिक्चर्सले युट्युवमा सार्वजनिक गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ माघ २०७६, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश जाने नेपालीलाई ३ हजार डलर सटही सुविधा
रुसबाट जफत सम्पत्तिबाट २० अर्ब डलर युक्रेनलाई दिँदै अमेरिका