राष्ट्रियसभामा राजपाका उम्मेदवार फौजदारी अभियोगमा जेल सजाय पाएका व्यक्ति भएको भन्दै उजुरी

सफल खबर संवाददाता

सोमबार, ०६ माघ २०७६, १७ : ४५
राष्ट्रियसभामा राजपाका उम्मेदवार फौजदारी अभियोगमा जेल सजाय पाएका व्यक्ति भएको भन्दै उजुरी

जनकपुर । प्रदेश २ मा राष्ट्रियसभामा राजपाको तर्फबाट अल्पसंख्यक उम्मेदवार रहेका शेखरप्रसाद सिंहको उम्मेदवारी मनोनयन खारेजीको माग गर्दै नेपाली कांग्रेसले उजुरी दर्ता गराएको छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसले उजुरी दिएको हो । 

सोमबार नेपाली कांग्रेसका तर्फबाट अल्पसंख्यक कोटाबाट उम्मेदवारी दिएका भोला पजियारले शेखरप्रसाद सिंहको उम्मेदवारी खारेजी माग गरेका हुन् । 

सिंह  कुटपिट मुद्दामा दुई वर्ष कैद र जरिवाना सुनाइएका व्यक्ति भएकाले राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन अयोग्य देखिएको दावी गरिएको छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा १३ बमोजिम उजुरी निवेदन दिएको पजियारले बताए ।

अदालतबाट फौजदारी कसुरमा दोषी ठहर भैसकेका व्यक्ति भएकाले तत्काल उनको उम्मेदवारी मनोनयन खारेजीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस