गायक प्रमोद खरेलले यस्तो लेखे आस्थाको पक्षमा

सफल खबर संवाददाता

सोमबार, ०६ माघ २०७६, ११ : ५९
गायक प्रमोद खरेलले यस्तो लेखे आस्थाको पक्षमा

काठमाडौँ । गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेपछि गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका छन् । उनले स्टाटसमा नेपालमा गीत सङ्गीतसम्बन्धी दर्जनौँ सङ्घसंस्था भए पनि आस्थाको विषयमा कुनै पनि सङ्घसंस्था अहिलेसम्म नबोलेकोमा उनले दुख मनाउ गरेका छन् । 

प्रमोद आस्था कोच रहेको रियालटी सो दि भ्वाइसका कोच पनि हुन् । उनले त्रिभुवन विमानस्थलमा भएको विषयमा गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठले हात मिलाएर समझदारी गरेको हेर्ने आफ्नो इच्छा भएको बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको छ। जसअनुसार राउत काठमाडौँ आउनेबित्तिकै प्रहरीले पक्राउ गर्नेछ । राउत यतिबेला सिक्किमका सांस्कृतिक कार्यक्रममा व्यस्त छिन् । 

गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा लेखेको स्टाटस 

प्रतिक्रिया दिनुहोस