काठमाडौं । राष्ट्रपतिले सम्वैधानिक अंगका पदाधिकारी, प्रधानमन्त्री, मन्त्रीहरुलाई सपथ खुवाउने सम्वैधानिक ब्यवस्था छ । राजपा संसदीय दलका नेता महन्थ ठाकुर अहिले कुनै त्यस्तो राजकीय पदमा छैनन । तर पनि उनलाई राष्ट्रपतिबाट सपथ खुवाउने तयारी शुरु भएको छ ।
अखिर किन ?
आम मानिसलाई जिज्ञासा लाग्न सक्छ । तर उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि पदवाट राजीनामा दिएको खण्डमा सभामुख र उपसभामुख दुवै नरहेको अवस्थामा संसद बैठकको जेष्ठ सदस्यका रुपमा अध्यक्षता गर्न राष्ट्रपतिवाट सपथ गराउनु पर्ने संसद सचिवालयले निस्र्कष निकालेपछि ठाकुरलाई सपथ खुवाउने तयारी भएको हो ।
प्रतिनिधीसभामा सबैभन्दा जेष्ठ सदस्य ठाकुर नै छन् । नागरिकता अनुसार राजपाकै अहिलेका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादव जेष्ठ सदस्य हुन् । तर नागरिकतामा उनको जन्ममिति गलत रहेका कारण ७५ वर्षिय महन्थ ठाकुर सबैभन्दा जेष्ठ सदस्य हुन् ।
महेन्द्र राय यादव संसद बैठकमा नआउने र ठाकुरले जेष्ठ सदस्यका रुपमा बैठकको अध्यक्षता गर्ने यस अगाडी पनि भएकोले आज पनि उपसभामुखले राजीनामा दिएमा सम्भवतः यही प्रक्रिया अगाडी बढाएर संसद बैठक सञ्चालनको तयारीमा संसद सचिवालय छ ।
संविधान अनुसार सभामुख र उपसभामुख एकै दलका ब्यक्ति निर्वाचित हुन नपाउने ब्यवस्था रहेका कारण नेकपाले सभामुखमा उम्मेदवारी दिन पार्टी स्थायी समिति सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाईसकेको अवस्थामा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ । तर यो समाचार तयार पार्दासम्म उनले राजीनामा दिईसकेकी छैन ।
संसद बैठक आजै दिउँसो १ बजेका लागि बोलाईएको छ । उनले राजीनामा दिएमा बैठकको अध्यक्षता गर्ने जेष्ठ सदस्य महन्थ ठाकुरले राष्ट्रपतिबाट सपथ लिएर मात्र बैठकको अध्यक्षता गर्न पाउने गरी संसद सचिवालयले तयारी गरेको छ । यसो हुँदा १ वजे बोलाईएको संसद बैठक केही ढिलो हुन सक्ने सम्भावना रहेको सचिवालय स्रोतले बताएको छ ।
आइतबार संसद सचिवालयका पदाधिकारीहरुको बैठकले जेष्ठ सदस्यको अध्यक्षता गर्ने सांसदले राष्ट्रपतिबाट सपथ लिनुपर्ने निश्र्कष निकालेको थियो । सोही आधारमा राष्ट्रपति कार्यालयलाई पनि यो सूचना पुगिसकेको स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ माघ २०७६, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर
रेशमलाई ५ घण्टा थुनेपछि राज्यले जितेको ठान्यो : महन्थ ठाकुर