गायिका आस्था राउत र प्रहरीबीचको भनाभनमा 'क्रिमिनल चार्ज'

पत्रपत्रिकाबाट

सोमबार, ०६ माघ २०७६, ०७ : ५२
गायिका आस्था राउत र प्रहरीबीचको भनाभनमा 'क्रिमिनल चार्ज'

काठमाडौं - गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ‘भनाभन’ लाई स्थानीय प्रशासनले ‘कठोर सजाय’ हुन सक्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छ ।

प्रशासनले राउतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार कारबाही गर्न अनुमति दिएको हो । कसुर पुष्टि भए १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था उक्त दफामा छ । सुरक्षा र कानुन मामिलाका जानकारहरूले भनाभन आचरण/व्यवहारसँग जोडिएको तर प्रशासनले अपराधका रूपमा ‘डिल’ गरेको टिप्पणी गरेका छन् ।

दुई पक्षबीच मिलापत्र गराएर राउतलाई आफन्त वा आबद्ध संस्थाको जिम्मा लगाउन सकिने बाटो हुँदाहुँदै प्रशासनले ‘प्रतिशोध साध्न’ अपराध आरोप लगाएको उनीहरूको भनाइ छ । राउतबाट आफूमाथि अभद्र व्यवहार भएको भन्दै जवान श्रेष्ठले शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस