लमजुङ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई गु्रपका अध्यक्ष चन्द्रपसाद ढकालले मुलुकका स्थायी सरकार भएमात्र लगानीको वातावरण सुनिश्चित हुने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ लमजुङ शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले जलविद्युत र पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिँदै व्यापार–व्यावसायको प्रबद्र्धन गर्न स्थानीय उद्योगी व्यावसयाीहरुलाई सहयोग पुर्याउने कार्यमा महासंघ दत्तचित्त भएर लागिरहेको दाबी गरे ।
लमजुङ्ग जिल्ला जलश्रोतले सम्पन्न भएको र यहाँको अपार जलश्रोतलाई उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै उनले पर्यटन र जलविद्युत नेपालको दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण क्षेत्र रहेको उल्लेख समेत गरे ।
प्रतिक्रिया दिनुहोस