गायिका आस्था राउतलाई खोज्न थाल्यो प्रहरीले

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, ११ : ४१
गायिका आस्था राउतलाई खोज्न थाल्यो प्रहरीले

काठमाडौँ । गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी काठमाडौं प्रहरीमा दर्ता भएको छ।

प्रहरी जवान रमिता श्रेष्ठले दिएको अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी आज महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको हो। जाहेरी दर्तासँगै आस्था राउतलाई प्रहरीले खोजी गर्न थालेको छ । 
परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले राउतको खोजीमा प्रहरी परिचालन भएको बताए । 

प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनलाई नै जाहेरी मानेर प्रहरीले राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दा दर्ता गरेको बताइएको छ । 
त्रिभुवन विमानस्थलमा माघ १ गते राउत भद्रपुर जाने क्रममा  प्रहरीबाट दुव्र्यवहार भएको भन्दै आस्था राउतले फेसबुक लाइभमा प्रहरीमाथि अन्धाधुन्द गाली गरेकी थिइन् । 
प्रहरीले विमानस्थलमा भएको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरेपछि  गायिका राउतले  फेसबुक लाइभमा पुनः माफी मागेकी थिइन्।  


 

प्रतिक्रिया दिनुहोस