पेस्तोल सहित दुई पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०४ माघ २०७६, २३ : ४०
पेस्तोल सहित दुई पक्राउ

काठमाडौं । चाइनिज पेस्तोल सहित जनकपुरबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हतियार सहित पक्राउ परेका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ रमदैयाका ४० वर्षीय जितेन्द्र यादव र सोही नपा वडा नम्बर ५ बस्ने ३० वर्षीय कुमोद नारायण झा रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए ।

नियन्त्रणमा लिएका दुवैजनालाई शनिबार साझ तर्फ जनकपुरको भानु चोकबाट नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस