‘प्रिय आस्था बहिनी’ भन्दै के भने दीपकराजले यस्तो ?

सफल खबर संवाददाता

शनिबार, ०४ माघ २०७६, १६ : १७
‘प्रिय आस्था बहिनी’ भन्दै के भने दीपकराजले यस्तो ?

काठमाडौँ । कलाकार दीपकराज गिरीले विवादमा तानिएकी गायिका आस्था राउतलाई सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन् । उनले गायिका आस्था राउतलाई सान्त्वना दिएका छन् । 

कलाकार दीपकराज गिरीले स्टाटसमा भनेका छन्, ‘हामी कलाकार वा सेलेब्रिटीज़को गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती हाम्रै देखिने रहेछ ।’

उनको स्टाटस जस्ताको त्यस्तै, 

प्रिय आस्था बहिनी, 
यो बिषयमा लेख्न मन थिएन तर तिमीले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो । म पनि विगतमा यस्ता धेरै घटनाबाट गुज्रेको छु यस्तै प्रकारका घटनाबाट पाठ पनि सिकेको छु । 

समस्या कॉहाबाट आयो भने  तिमीले भीडको सामना गर्दै प्रहरीलाई चेक गराउँदै अधि बढ्नु पर्यो । भीड र संवेदनशील क्षेत्रमा काम गर्ने प्रहरी जवानलाई छुट्टै प्रेसर हुन्छ । उनीहरूलाई छुट्टै दबाब हुन्छ । उनीहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ती भयो भने ज़ागिरै संकटमा पर्छ । त्यस्तो बेला उनीहरूवाट अलि रूखो ब्यवहार निस्किन्छ । त्यहाँ पनि निस्कियो होला । 

तर हामी कलाकार वा सेलेब्रिटीज़को गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती हाम्रै देखिने रहेछ ।  सेलेब्रिटीज़ भनेको सेतो कपडा रहेछ । अरू रंगमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहालिन्छ । अत सहनु पर्ने हामीले नै रहेछ ।

बिदेशमा प्रायः यस्तो घटना हुँदैन किनकि त्यहाँ नेता मात्रै भीआईपी हुँदैनन् धेरै कर तिर्ने ब्यापारीहरू, नाम चलेका खेलाड़ी, कलाकारहरुलाइ पनि भीआईपी मानिन्छ र सुबिधाजनक ढंगले चेकजॉच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेतामात्रै भीआईपी हो । यो संबेदनशीलतालाई हामीले बुझ्नुपर्छ किनकी हामी भीडबाट नै गुज्रिनु पर्छ त्यस्तो अवस्थामा हामी सतर्क हुनैपर्छ ।

मापसे काण्डमा म पनि परे गल्ती मेरै थियो तर जब म प्रहरीको पन्जामा परे ममाथि भएको दुर्ब्यबहार डर लाग्दो नै थियो तर मेरो कुरालाई कसैले गम्भीरतापूर्वक नै लिएनन् । यसबारे हामीले नै होसियार हुनु पर्ने रहेछ ।

हामीलाई अन्याय नै भयो भने पनि ‘कलाकार हो फूर्ती देखायो होला फस्यो नि’ भनिदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पॉउ भनेर छुट्नु नै सबैभन्दा उत्तम रहेछ । तिमीलाई पनि त्यस्तै केही रूखो ब्यबहार प्रयोग भयो होला । तर गल्ती तिम्रो फ़ेसबुक लाइभले गर्यो त्यसमा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो ।

तिमीलाइ केही नभर्इ त्यस्तो भनिनौ होला । तर बाहिरबाट हेर्दा तिमी नै अमर्यादित देखियो अतः यो घटनालाई तिमीले हामीले सबैले एउटा पाठको रूपमा लिनु पर्छ । जे हुन्छ राम्रैको लागि हुन्छ ।

आज कतिपय स्ट्याटसहरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेर आउँदा दुख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँँग म माफ़ी माग्छु तिमी पनि माग । सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन, हामि सामान्य नागरिक नै हौ यो वास्तबवकतालाई बुझौँ ।

प्रतिक्रिया दिनुहोस