यो महँगो सहरमा १० रूपैयाँमै खाना !

रासस

शनिबार, ०४ माघ २०७६, १५ : ०९
यो महँगो सहरमा १० रूपैयाँमै खाना !

नेपालगञ्ज । असम्भव लाग्ने काम सम्भव गराए, नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले।

बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्तिकदेखि रु १० मै खाना दिने पुण्य काम गर्दै आएका हुन्।सदरलाइनस्थित नगर भवनअगाडि मंगलबार र शनिबार ‘मेस’ चलाएर रु १० मै एक छाक खाना खुवाउने गरिएको छ।

यहाँ पाँच सय जनासम्म सर्वसाधारण खाना खान पुग्छन्। ‘आफूले कमाएको पैसा महँगो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहत त दिएको छ नै, खानाकोे गुणस्तरमा कुनै सम्झौता नगर्ने कारण अरू पनि खाना खान पुग्छन्। खानामा भात र दालका साथै मिठाई पनि दिइन्छ,’ उनले भने। 

६९ वर्षीय अग्रवाल नेपालगञ्जका परिचित व्यवसायी हुन्। उनले २०५० सालदेखि रामदूत स्टेशनरी सञ्चालन गर्दै आए। ‘छोराहरु व्यवसायमै छन्। म पुण्यको कामतिर,’ उनले भने।

उनका जेठा छोरा आदेशले रामदूत प्रिन्टर्स चलाएका छन्। कान्छा छोरा निखिल पनि व्यवसायमा गर्छन्। अग्रवालले सबैको साथ र सहयोग पाए आगामी दिनमा यसलाई अझै विस्तार गर्न सकिने बताए।

‘यो पुण्य काममा सबैको साथ पक्कै रहन्छ। बाँचुन्जेल यस कामलाई निरन्तरता दिनेछु,’ उनले भने।
 

प्रतिक्रिया दिनुहोस