राजेशले आस्था राउतलाई भने : शाहरुख खानलाई झन् प्रहरीले कट्टुमै चेक गरेको थियो

सफल खबर संवाददाता

शनिबार, ०४ माघ २०७६, १३ : ४३
राजेशले आस्था राउतलाई भने : शाहरुख खानलाई झन् प्रहरीले कट्टुमै चेक गरेको थियो

काठमाडौँ । गायक राजेश पायल राईले गायिका आस्था राउतले त्रिभुवन विमानस्थलमा प्रहरी जवानप्रति गरेको व्यवहार र फेसबुक लाइभमा बोलेको शव्दप्रति सुझाव दिएका छन् । गायक राईले गायिाका राउतलाई आफ्नो फेसबुक स्टाटसमार्फत आफ्नो इज्जत राख्नसमेत सुझाव दिएका छन् । 

स्टाटसमा गायक राईले भनेका छन्–‘कुनै बेला बलिउडका नायक शाहरुख खानलाई पनि प्रहरीले कट्टुमै चेक गरेको थियो ।’ 
राईले श्रोता र दर्शकबाट माया लिने कलाकारले घृणा पनि सहनुपर्ने बताएका छन् । 

उनले स्टाटसमा विमानस्थलमा सुरक्षाका लागि जाँच गर्नु प्रहरीको अधिकार भएको लेखेका छन् । बलिउड कलाकार शाहरुख खानलाई कट्टु लगाएकै अवस्थामा विमानस्थलमा जाँच गरेको भारतीय दृष्टान्त समेत उनले दिएका छन्।

गायक राईले गायिका राउतको रुन्चे व्यवहारप्रति आलोचनासमेत गरे ।  सामाजिक सञ्जालमा भने, ‘धेरै रुन्चे नबन, अब तिमी ठूली भइसक्यौं।’

अन्तिममा राईले गायिका राउत र विमानस्थलमा खटिएका कर्मचारी दुवैलाई सुध्रन भनेका छन्।

प्रतिक्रिया दिनुहोस