गायिका आस्था राउतविरुद्ध प्रहरी जवान रमिताले दिइन् उजुरी

सफल खबर संवाददाता

शुक्रबार, ०३ माघ २०७६, १५ : ४१
गायिका आस्था राउतविरुद्ध प्रहरी जवान रमिताले दिइन् उजुरी

काठमाडौं । गायिका आस्था राउतविरुद्ध प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी छन् ।

प्रहरी जवान श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।

महानगरीय प्रहरी कार्यालयले उजुरी आएको पुष्टि गर्दै आवश्यक अनुसन्धान गरेर कारबाही गर्ने बतायो। 

गएको बुधबार गायिका राउतले आफूमाथि दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। त्यसको केहीबेरमा नै उनले भिडियो हटाएकी थिइन्।

 

 

 

प्रतिक्रिया दिनुहोस