जब मुख्यमन्त्रीको तस्बिरमा जुत्ता हानियो

सफल खबर संवाददाता

शुक्रबार, ०३ माघ २०७६, १४ : ०१
जब मुख्यमन्त्रीको तस्बिरमा जुत्ता हानियो

जनकपुर  । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको तस्बिरमा जुत्ता प्रहार गरिएको छ ।

गत आर्थिक वर्षको भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिका पदाधिकारीहरूले राउतसहित मन्त्रीहरूका तस्बिर अङ्‌कित ब्यानरमा जुत्ता चप्पल प्रहार गरेका थिए । 

शुक्रबार जनकपुरधामको जिरोमाइलमा मुख्यमन्त्रीको व्यानरमा जुत्ता प्रहार गरिएको हो । 

प्रदेश सरकारविरुद्ध चर्को प्रदर्शनमा उत्रेका उपभोक्ता समिति सङ्‌घर्ष समितिका पदाधिकारीहरू भुक्तानी माग गर्दै आन्दोलनमा उत्रिएका छन्।  

जुत्ताचप्पल प्रहार गर्ने रोशनसिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस