४१ मेनपावरमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान, कुनकुन परे अकुत सम्पत्ति आर्जनको आरोपमा ?

सफल खबर संवाददाता

बुधबार, ०१ माघ २०७६, १५ : ०८
४१ मेनपावरमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान, कुनकुन परे अकुत सम्पत्ति आर्जनको आरोपमा ?

काठमाडौँ । ४१ वटा मेनपाव कम्पनीमाथि एकैसाथ अनुसन्धान सुरु भएको छ । ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनीमाथि अनुसन्धान थालेको हो।

वैदेशिक रोजगारीमा पठाएबापत गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको प्रारम्भिक रिपोर्टपछि विभागले अनुसन्धान थालेको हो । यतिबेला विभागले मेनपावर कम्पनी र त्यसका सञ्चालकहरुको सम्पत्ति छानबिन गरिरहेको छ । 

विभागले मेनपावर कम्पनी र सञ्चालकलाई अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको छ। अनुसन्धान थाल्ने सिलसिलामा ब्युरोले हालै ती सबै मेनपावर कम्पनीको सेयर, लागत, तथा सञ्चालकको विवरणसहितको प्रबन्ध पत्र उपलब्ध गराउन कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ।

यस्तै, आन्तरिक राजश्व विभागलाई कर बुझाए नबुझाएको विवरण उपलब्ध गराउन ब्युरोले पत्राचार गरेको छ। सञ्चालक र मेनपावरको बैंक खाता उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरिएको छ।

ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले सम्पत्ति शुद्धीकरणबाट अधिकार प्रत्यायोजन भएका धेरै अनुसन्धानका कार्यमा काम गरिरहेको बताए। ‘अनुसन्धानको कुरा भन्न मिल्दैन, अनुसन्धान भइरहेको हुन्छ। नसकिएसम्म बाहिर ल्याउन मिल्दैन,’ उनले भने, ‘को माथि अनुसन्धान हुँदैछ भन्न मिल्दैन।’

अनुसन्धान थालिएका मेनपावर 

ट्रेन्स वर्ल्ड मेनपावर प्रदर्शनीमार्ग, इन्टरनेशनल मेनपावर रिक्युमेन्ट ग्वार्को, ब्लू ओसियन ओभरसिज, टोखा, खोजी रिक्युटमेन्ट सर्भिस सानेपा, अल सेक्युर मेनपावर, सीनामंगल, संयोग ओभरसिज तीनकुने, युनाइटेड एचआर सोलुसन, कोटेश्वर, निर्मल एचआर सोलुसन, चक्रपथ, सृष्टि ओभरसिज इम्पोइमेन्ट सर्भिस नयाँ बानेश्वर, गुडविल इन्टरनेसनल, ह्याप्पी नेपाल इम्पोइमन्ट, बसुन्धरा, टाइगर ओभरसिज– धुम्बाराही, भर्टेक्स एचआर चाबहिल, ओमेगा इन्टरनेशनल, पिंगलास्थान, एसभी एशोसिएट्स महाराजगन्ज, पंगेनी ह्युमन रिसोर्सेज, सामाखुसी छन्।

यस्तै, सदिक्षा ओभरसिज, सामाखुसी, मास ह्युमन रिसोर्सेज गोंगबु, लिबर्टी एचआर कन्सलटेन्न, महालक्ष्मीस्थान ललितपुर, शेर्पा इन्टरनेशनल मेनपावर, सामाखुसी, ठैब राइज म्यानेजमेन्ट, अनामनगर, प्रिज्म ओभरसिज इम्पोइमेन्ट, लाजिम्पाट, खोपेरसी इन्टरनेसनल, टोखा, ग्रोथ प्रोसेस इन्टरनेसनल, बसुन्धरा, अल सामा इन्टरनेसनल इम्पोइमेन्ट, तीनकुने, डोस लिंक, सामाखुसी, एपोलो ओभरसिज सर्भिस, सामाखुसी, विज्ञान एभआर म्यानेजमेन्ट, चप्पल कारखाना छन्।

यस्तै, वर्ल्ड मेनपावर आइएनसी, एमरोड, डि प्रोटोन मेनपावर सप्लायर्स, गौशाला, लालधनुष इन्टरनेसनल सर्भिस, बत्तीसपुतली, इन्टरनेसनल एचआर सोलुसन, काठमाडौं,८, इम्पोरियल ओभरसिज, सीनामंगल, राज ओभरसिज, काठमाडौं,३३, जस्मिन ओभरसिज प्रालि, अभिनाश इन्टरनेसनल, बसुन्धरा, अलरहिम मेनपावर, चप्पलकारखाना, लिभरपुल एचआर सोलुसन, स्वयम्भू, हाइटेक एचआर सोलुसन, मैतीदेवी, तिलिचो ओभरसिज, काठमाडौं ९, नाज ओभरसिज, बसुन्धरा र जी एन्ड पी इन्टरनेसनल ओभरसिज, बसुन्धरा रहेका छन्।

प्रतिक्रिया दिनुहोस