एजेन्सी । अमेरिकाको लस एन्जेल्सको आकासमा मंगलबार साँझ एक ठूलो विमानले इन्धन झारेपछि तल रहेका कैयौं मानिस प्रभावित भएका छन् ।
लस एन्जेल्स काउन्टी दमकल विभागका निरीक्षक सीन फग्र्यूसनका अनुसार जेट विमानले झारेको इन्धनका कारण सबैभन्दा बढी प्रभावित हुने विद्यालय पार्क एभेन्यू एलीमेन्टरी स्कुल रह्यो । स्कुल विमानस्थलभन्दा झण्डै १९ मील पूर्व छ ।
त्यहाँ २० विद्यार्थी र थप ११ व्यक्तिहरु चोट लागेको थियो । चोट लागेका सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
त्यसबाहेक स्यान ग्याब्रियल एलिमेन्ट्री, ग्राहम एलिमेन्टरी, ट्वीड एलिमेन्ट, ९३वे स्ट्रीट एलिमेन्ट्री र जोर्डन हाई स्कूल क्षेत्रमा पनि जेट इन्धन झरेको थियो ।
जेट इन्धन झरेको क्षेत्रका मानिसले साबुन पानीले धोएका त्यसलाई पखालेका थिए । तर साबुन पानीले धुदाँ पनि अवस्थामा सुधार नभएका केहीलाई अस्पताल भर्ना गर्नु परेको थियो ।
दमकल विभागका निरीक्षक स्काई कर्नेलले इन्धन लागेका विद्यार्थीलाई कपडा फेर्नको लागि ‘गाउन’ दिइएको बताए । एक विद्यार्थीले सुरुमा पानीको छिटा होला भन्ने ठानेको तर आकासतर्फ हेर्दा जहाजको इन्धन रहेको पत्ता लागेको बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०१ माघ २०७६, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतारले अमेरिकालाई दियो विमान उपहार
आकाशमै टायर पड्किएपछि विमानको आकस्मिक अवतरण
अमेरिकी आकाशमा फेरि ठोक्किए दुई विमान, २ जनाको मृत्यु
क्यानडामा ८० जना सवार विमान अवतरण गर्ने क्रममा पल्टियो
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता
कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरलाइन्सको विमान मस्कटमा आकस्मिक अवतरण