बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

रासस

बुधबार, ०१ माघ २०७६, ११ : ५७
बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत रु १० लाख ५० हजार प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय मरिणले रु १० लाख र घ्याङलेख गाउँपालिकाले रु ५० हजार गरी कूल रु १० लाख ५० हजार प्रदान गरेको डिभिजन वन कार्यालय मरिणका डिभिजन प्रमुख लोकराज नेपालले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष जगत् भोलन तथा वडाध्यक्ष विष्णु कर्माचार्यको रोहवरमा मृतककी पत्नी लिलिमाया घिसिङलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले क्षतिपूर्तिवापत सो रकम प्रदान गर्नुभएको हो ।

जङ्गली बँदेलको आक्रमणबाट २०७६ भदौ १४ गते स्थानीयवासी ३७ वर्षीय कृष्णबहादुर घिसिङको मृत्यु भएको थियो । आफ्नै बारीमा बाली खान आएका धपाउने क्रममा बँदेलको आक्रमणबाट घिसिङको ज्यान गएको थियो । (रासस) 

प्रतिक्रिया दिनुहोस