कार दुर्घटनामा परी गायक निशान भट्टराईको निधन

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०७६, ०८ : ४६
कार दुर्घटनामा परी गायक निशान भट्टराईको निधन

काठमाडौं । कार दुर्घटनामा परी गायक निशान भट्टराईको निधन भएको छ ।

उनको निधन गएराती भएको हो । दुर्घटनामा परी घाइते भट्टराईलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा गायक भट्टराई आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका भट्टराईको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस