अरबबाट उर्जामन्त्रीको विश्वका लगानीकर्तासामु आग्रह : वातावरण छ,नेपालमा लगानी गर्नुहोस्

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०७६, २० : २८
अरबबाट उर्जामन्त्रीको विश्वका लगानीकर्तासामु आग्रह : वातावरण छ,नेपालमा लगानी गर्नुहोस्

फाईल फोटो

काठमाडौँ । उर्जामन्त्री बर्षमान पुनले नेपालमा विद्यूत परियोजनामा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आव्हान गरेका छन् ।अन्तराष्ट्रिय नविकरणीय उर्जा एजेन्सीको संयुक्त अरब इमिरेट्समा आयोजित १० औँ सत्रमा सम्बोधन गर्दै उनले लगानीका लागि आग्रह गरेका हुन् । “नेपालले जलविद्युतलाई उच्च प्राथमिकतामा राखेको छ,” उनले भने, “जलविद्युतको विकासका लागि सरकारले अनुकूल नीति समेत अवलम्बन गरेको छ ।”

एजेन्सी आवद्ध र यसका सदस्य राष्ट्रले लगानी गरी फाइदा लिनसक्ने मन्त्री पुनले औल्याए । त्यस सत्रमा भएको एक प्रतिस्पर्धामा नेपालको सार्वजनिक निजि साझेदारी परियोजना अन्तगर्तको फोहरबाट उर्जा र बायोग्यास प्रवद्र्धन परियोजनाले एक करोड अमेरिकी डलर सहयोग पाउनगरी छनौट भएको छ । अबुधाबी फण्ड फर डेभलपमेन्टबाट प्रदान गरीने सहुलियतपूर्ण ऋण अन्तर्गतको त्यो सहयोग रकम प्राप्त गर्नेछ ।

त्यसबाट नेपालका ६९ वटा नगरपालिकामा फोहरबाट बायोग्यास सञ्चालन गरिनेछ । त्यस्तै प्राङगारिक मल समेत उत्पादन गरिने मन्त्रालयले जनाएको छ । शुक्रबार, शनिबार र आइतबार तीन दिन चलेको विभिन्न सत्रमा मन्त्री पुनले भाग लिए । विभिन्न देशका उच्चाधिकारीसँग उनले छुट्टा छुट्टै भेटगरी सहकार्यको पहल गरे । 
 

प्रतिक्रिया दिनुहोस