हिम्मत देखाउँदैनन्, हिन्दी फिल्मसँग भिड्न

सोमबार, २८ पुस २०७६, १७ : ०५
हिम्मत देखाउँदैनन्, हिन्दी फिल्मसँग भिड्न

काठमाडौं । धेरै गसिपका विषय बने फिल्म निर्माता तथा कलाकार दीपकराज गिरी । उनको स्वभावै त्यस्तै छ कि गसिप बनिहाल्ने । अरुलाई आर्दशका गफ सुनाउने त आफू चैँ लोकाचार देखाउने ।

उनको टिमले बनाएको फिल्म व्यावसायिक रुपमा सफल भए पनि उनले बारम्बार भनिरहे, राम्रो फिल्म बनाए रिलिज डेटसेटले फरक पार्दैन । तर सधैँ दसैँकै पछि लागे । तापनि बलियो नेपाली फिल्म हुँदाहुँदै हिन्दी फिल्मलाई बढी हल दिएर अन्याय भएको भनेर रोइलो पनि गरिरहन्छन् । तर राम्रो हिन्दी फिल्म रिलिज हुन लाग्यो भने रिलिज डेट सारिहाल्छन् ।

हिम्मत देखाउँदैनन्, हिन्दी फिल्मसँग भिड्न । छक्कापञ्जा सिरिजले दाम कमाए पनि नाम हल्का बदनाम भएपछि अब चैँ सिक्वेल नबनाउने मुडमा पुगेको पनि भनिहाल्छन्। तर सिक्वेलको मोह पनि छाड्न सक्दैनन्। त्यसैले त उनले फेरि छक्कापञ्जाको चौथो सिक्वेलको घोषणा गरिसके । दसैँको डेट त भई नै हाल्यो । अरुलाई छाड्दै छाड्दैनन् । बाध्यतावश यताउता मिति सरे फिल्म वितरक र हल मालिकको सत्तोसराप गरिहाल्छन् । यस्तो दोहोरो चरित्र देखाएपछि उनलाई नउल्लाए कसलाई उल्याउने हो ? - शुक्रबार साप्ताहिबाट

प्रतिक्रिया दिनुहोस