प्रदेश ३ को राजधानी हेटौँडा, दुई तिहाईले स्वीकृत

आइतबार, २७ पुस २०७६, ११ : २३
प्रदेश ३ को राजधानी  हेटौँडा,  दुई तिहाईले स्वीकृत

काठमाडौं ।  प्रदेशसभा ३ मा आइतबार भएको मतदानमा प्रदेशको स्थायी राजधानी हेटौडा बनाउने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

प्रस्तावको पक्षमा १०५ मत  परेको छ । त्यस्तै विपक्षमा ३ मत परेको छ । मत विभाजनपछि सभामुख सानुकुमार श्रेष्ठले मत परिणाम सुनाउँदै हेटौँडा राजधानी दुई तिहाई बहुमतले स्वीकृत भएको घोषणा गरेका छन् । प्रदेशसभामा ११० मध्ये १०४  सांसद मतदानमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस