जाजरकोट । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।
बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । उहाँले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु