बल्ल घट्यो प्याजको मूल्य, कति भयो ?

पत्रपत्रिकाबाट

शनिबार, २६ पुस २०७६, ०७ : २३
बल्ल घट्यो प्याजको मूल्य, कति भयो ?

काठमाडौं । भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको खबर नयाँ पत्रिका दैनिकमा छ। 

एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आएको छ। वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिककिलो १०० रुपैयाँमा किनबेच भइरहेको  छ।

काठमाडौंस्थित कालीमाटी तरकारी बजमार भने बिहीबार किलोको १३० रुपैयाँ थियो। कालीमाटीमा साताअघि पुस १६ गते भारतीय प्याजको मूल्य १९५ रुपैयाँ थियो।
 व्यवसायीका अनुसार भारतमै सस्तिन थालेपछि केन्द्र सरकारले निर्यातमा कुनै बाधा गरेको छैन। यसका कारण नेपालमा दैनिक ५० टन आयात भइरहेको छ।

प्रतिक्रिया दिनुहोस