आक्रमणमा परी १८ शान्ति सेना घाइते

एजेन्सी

शुक्रबार, २५ पुस २०७६, १६ : १९
आक्रमणमा परी १८ शान्ति सेना घाइते

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् । 
मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एक जना प्रवक्ताले जानकारी दिएका छन् ।

“संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सैन्य शिविरमा आज विहान आक्रमण भएको खवर आएको छ, किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आक्रमण भएको हो,” प्रवक्ता स्टेफन डुजार्रिकले भन्नुभयो ।    

सो मिसनमा माली र अन्तर्राष्ट्रिय सुरक्षा फौजका सुरक्षाकर्मीहरु खटिएको पनि उहाँले जानकारी दिनुभयो ।  
उहाँले प्रारम्भिक विवरणमा १८ शान्ति सेना घाइते भएको जानकारी आएको र अन्य विवरण आउने क्रममा रहेको पनि बताउनु भयो ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस